NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सामाजिक सञ्जालबाट किन टाढिए राना दग्गुबाती ?

एजेन्सी । दक्षिण भारतीय अभिनेता राणा दग्गुबातीले हालै आफ्नो इन्स्टाग्रामको सबै पोष्ट हटाएका छन् । राणाको यो कदमबाट उनका सबै समर्थक निराश भएका छन्।

इन्स्टाग्रामबाट उनी टाढिनुको ठोस कारण अहिलेसम्म बाहिर आएको छैन । तर, केही दिन पहिला राणाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा गरेका थिए ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा उनलाई ४० लाख भन्दा बढीले पछ्याउछन् । आज भन्दा ठिक चार दिनअघि दूरी बढाउन लागेकोबारे पोस्ट गरेका थिए ।

‘काम चलिरहेको छ । हालको लागि सामाजिक सञ्जालबाट टाढिदै छु । म फिल्ममा देखिनेछु । सबैलाई माया र आशिर्वाद,’ उनले ट्वीटरमा राखिएको पोस्टमा लेखिएको छ ।

राणाको फिल्मी करियर सन् २०१० मा प्रदर्शनमा आएको पोलिटिकल थ्रिलर फिल्म ‘लिडर’ बाट भएको थियो । त्यसपछि उनले तमिल फिल्ममा काम गरे । तर,उनलाई दर्शकमाझ चिनाएको ‘बाहुबली’ ले हो । उक्त फिल्ममा राणाले ‘भल्लालदेव’ को खलनायक भूमिकामा काम गरेका थिए ।