बालाजु जुत्ता कारखानामा आगलागी

काठमाडौं । बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगो निभाउन काठमाडौं र ललितपुरका दमकल पुगेको छ । स्थानीय पनि आगो निभाउने कार्यमा जुटेको प्रहरीले जनाएको छ ।
आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया