NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

वेस्ट बैंकमा भिडन्त जारी : चार प्यालेस्टिनी मारिए

एजेन्सी । इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरूमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।

इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजीका लागि आक्रमण गरेको जनाएको छ ।

उनको खोजीको लागि इजरायली सेनाले आक्रमण गरेको इजरायली सेनाको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान नै सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ । यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि आपसमा आक्रमण भने रोकिएको छैन ।

युद्धविरामबीच पनि वेस्ट बैंकमा भिडन्त : दुई प्यालेस्टाइनीको मृत्यु, ४० घाइते