सेयर बजार निरन्तर ओरालो
काठमाडाैं । नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रममा छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक ५.९१ अंक घटेर २०५६.८८ विन्दुमा झरेको छ।
आज सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेर ३९५.७५ विन्दुमा झरेको छ । नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ । आज कुल २१८ कम्पनीको ४६ लाख ४० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ बराबरको भएको छ ।
१३ उपसमूहमध्ये बुधबार लगानी उपसमूहको परिसूचक ०.६९ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.५० प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ।
नेप्से ओरालो लागेपनि हिमालयन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य यस दिन २७ रुपैयाँ ५० पैसा बढेर ३०३ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन युनिलिभर नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो इन्स्योरेन्सको शेयरमूल्य ५० रुपैयाँ ९८ पैसा घटेर ४५९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको हो।
कारोबार रकमका आधारमा बुधबार नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स, हिमालयन डिष्टिलरी र नबिल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया