विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकले खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले बैठकमा सो प्रस्ताव प्रस्तुत गरेका थिए । सांसदहरुले उठाएको जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए ।
उनले विगतमा जलस्रोत ऐनअन्तर्गत नै खानेपानीको समग्र प्रणाली सञ्चालनमा हुने गरेको यथार्थ पेस गर्दै अब भने खानेपानीको सम्बन्धमा स्पष्ट नीति तथा कानुनको प्रबन्ध हुने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया