NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २७ गते

जम्मु कश्मीरमा भारतीय सेना र चरमपन्थीबीच भिडन्त, ५ को मृत्यु

काठमाडौं । जम्मु कश्मीरको रजौरी जिल्लाको दारहल क्षेत्रस्थित भारतीय सेनाको शिविरनजिक बिहीबार बिहान सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ ।

सेनाका एक वरिष्ठ अधिकारीका अनुसार, यस भिडन्तमा तीन भारतीय सैनिक र दुई चरमपन्थीको मृत्यु भएको छ ।

जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन्।

घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी राखेको पनि उनले बताएका छन् ।
छ।

ताजा अपडेट

नेपालवाच विशेष