ताइवान भ्रमणप्रति कुनै पश्चाताप छैन : पेलोसी
काठमाडौं । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवानमाथि थप दबाब बढाउन चीनलाई अमेरिकाले नदिने बताएकी छन् । साथै उनले ताइवान भ्रमणप्रति कुनै पश्चाताप नरहेको पनि प्रष्ट पारेकी छन् ।
पेलोसीले भर्खरै ताइवानको भ्रमण गरेकी थिइन् जसको विरोधमा चीनले ताइवाननजिकै सैन्य अभ्यास गरेको थियो।
पेलोसीको यो अभिव्यक्ति त्यतिबेला आएको छ, जतिबेला चीनले आफ्नो सैन्य अभ्यास स्थगत गरेको छ ।
पेलोसीले आफूलाई ताइवान भ्रमणप्रति कुनै पश्चाताप नरहेको पनि बताइन् । ताइवानको प्रजातन्त्रलाई समर्थन गर्न तथा ऊ एक्लो छैन भन्ने देखाउन त्यहाँको भ्रमण गरेको उनको भनाइ छ ।
चीनले स्वशासित ताइवानलाई छुट्टै प्रान्तको रूपमा हेर्छ। चीनले आवश्यक परेमा ताइवानलाई गाभेर बल प्रयोग गर्ने पनि बताएको छ ।
न्यान्सी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसपछि अमेरिकी राष्ट्रपतिको दौडमा दोस्रो मानिन्छिन् ।
सन् १९९७ मा न्युट गिङरिचले ताइवान भ्रमण गरेका थिए । त्यसपछि यस द्वीपको भ्रमण गर्ने पेलोसी सबैभन्दा वरिष्ठ अमेरिकी नेता हुन्।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया