बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता
काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकमाझ समयसापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आइरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौतापश्चात् बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन्। बैंकका कार्डबाहकले कार्ड लिंकपश्चात् मोको डिजिटल वालेटमार्फत् विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवाहरुमा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्मुत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानी लगायतका सेवाहरुको उपभोग मिल्नेछ । साथै, बैंकका कार्डबाहक महानुभावहरुले मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढी मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्नेछ ।
यो सँगै बैंकका कार्डबाहकले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । यस सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया