फलामको पाइप बोकिरहेका मेयर साम्पाङले भने : चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो !
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला आफैँ मैदानमा खेटेर श्रमदान गराइरहेका छन् ।
उनी धरान शहरमा भएको खानेपानीमा समस्या समाधान गर्ने बाचा गरिरहेका यतिबेला कार्यक्षेत्रमै खटेर काम गरिरहेका छन् ।
यसैबीच, मेयर साम्पाङ बिहीबार फलामको ठूलो पाइप बोकेर हिँडिरहेको तस्बिर बाहिरिएको छ । यो तस्बिर सामाजिक सञ्जालमा उनी आफैँले राखेका हुन् ।
‘काम गर्न के को लाज ? भ्रष्टाचार गर्न, चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो ! आऊ काम गरौँ ! मुख होइन पाखुवा बजाउनु पर्छ !’, उनले सबैलाई श्रमदानमा सहभागी हुन आग्रह गर्दै फेसबुकमा लेखेका छन् ।
हर्क साम्पाङले भने, ‘रवि लामिछानेमा राजनीतिक संस्कार देखिन्छ’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया