NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

फलामको पाइप बोकिरहेका मेयर साम्पाङले भने : चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला आफैँ मैदानमा खेटेर श्रमदान गराइरहेका छन् ।

उनी धरान शहरमा भएको खानेपानीमा समस्या समाधान गर्ने बाचा गरिरहेका यतिबेला कार्यक्षेत्रमै खटेर काम गरिरहेका छन् ।

यसैबीच, मेयर साम्पाङ बिहीबार फलामको ठूलो पाइप बोकेर हिँडिरहेको तस्बिर बाहिरिएको छ । यो तस्बिर सामाजिक सञ्जालमा उनी आफैँले राखेका हुन् ।

‘काम गर्न के को लाज ? भ्रष्टाचार गर्न, चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो ! आऊ काम गरौँ ! मुख होइन पाखुवा बजाउनु पर्छ !’, उनले सबैलाई श्रमदानमा सहभागी हुन आग्रह गर्दै फेसबुकमा लेखेका छन् ।

हर्क साम्पाङले भने, ‘रवि लामिछानेमा राजनीतिक संस्कार देखिन्छ’

ताजा अपडेट

नेपालवाच विशेष