गठबन्धनमा सामेल हुने बाबुरामको कसरत जारी, भेटे प्रचण्डलाई पनि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) छोडेर हालै नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले बिहीबार प्रचण्डलाई भेटेका हुन् ।
अलग पार्टी दर्ता गरेसँगै यतिबेला भट्टराई सत्ता गठबन्धनकै हिस्सा बन्न चाहिरहेका छन् । यसै शिलशिलामा उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भटेर आफूलाई गठबन्धनमा सामेल गराउन आग्रह गरेका थिए । देउवाले सकारात्मक प्रतिक्रिया दिएको उनको दाबी थियो ।
यसैबीच भट्टराईले प्रचण्डसँग भेट गरेको नेसपाका एक नेताले बताए ।
भट्टराईले प्रचण्डसँग चुनावी सहकार्य, तालमेल र गठबन्धनलगायत विषयमा छलफल भएको बतायएको छ ।
गठबन्धनमा मिसिने प्रयास गरिरहेका बाबुरामले भने, ‘देउवासँगको भेट सार्थक’
ताजा अपडेट
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
प्रतिक्रिया