अर्थ सचिव बनाइए पुष्कर, राजस्वमा दंगाल

काठमाडौं । सरकारले यसअघि राजस्व सचिव रहेका कृष्णहरि पुष्करलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि मन्त्रिपरिषद्को बैठकले तत्कालीन अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो । त्यसपछि तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी पुष्करले नै लिँदै आएका थिए ।
यस्तै, सरकारले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको छ ।
अनियमित ढंगले करको दर हेरफेर प्रकरणमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले सफाइ पाएपछि अर्थसचिव मरासिनीलाई अर्कोतिर सरुवा गरिएको हो ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया