वडाध्यक्षहरूले मेयर शाहलाई फोहर उठाउन नसकेको आरोप लगाए, उपमेयर डंगोल मध्यमार्गी
काठमाडौं । काठमाडौंभित्र थुप्रिएको फोहरलाई लिएर काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकमा चर्काचर्की परेको छ ।
फोहर व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेस र एमालेका वडाध्यक्षहरू मेयर बालेन शाहविरुद्ध खनिएका थिए । फोहर व्यवस्थापनको सबै जिम्मेवार मेयर शाहमाथि थोपर्न उनीहरूले खोजे ।
त्यसपछि मेयर शाहले फोहर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे ब्रिफिङ गरेका थिए ।
‘तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको छ । तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको हो,’ उनले स्पष्ट पारे ।
उपमेयर सुनीता डंगोलले भने मध्यमार्गी विचार राखेर वातावरणलाई सहज बनाउने कोसिस गरेकी थिइन् ।
केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि फोहरलाई असरल्ल पार्न सकिँदैन : मेयर शाह
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया