कंगोमा नौ लाख मानिस विस्थापित
काठमाडौं (एजेन्सी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो ।
बुधवार प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनवरी र जुन महिनाबीच आठ लाख ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।
उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ । हाल यस देशमा ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन् ।
‘असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,’ पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन् । खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र विद्रोही समूहहरू सक्रिय छन् ।
गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कङ्गोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया