सर्लाहीमा थपिए २ हजार नयाँ उद्योग

सर्लाही । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् ।
आव २०७८र७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जीतेन्द्रकिशोर गुप्ताले जानकारी दिए । उनका अनुसार आव २०७७/७८ मा एक हजार नौ सय ४३ नयाँ उद्योग दर्ता भएका थिए ।
आव २०७७/७८ मा आव २०७८/७९ को जस्तै सबैभन्दा बढी कृषि तथा वन्यजन्तुतर्फ एक हजार तीन सय २४ उद्योग दर्ता भएका थिए ।सेवातर्फ चार सय ३० र उत्पादनतर्फ एक सय ८९ उद्योग दर्ता भएका कार्यालय प्रमुख गुप्ताले बताए ।
आव २०७८/७९ मा नयाँ र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु दुई करोड ९१ हजार राजस्व संकलन भएको छ । जिल्लामा आव २०७८/७९ मा पाँच हजार चार सय ३० पुरुष र ३६ हजार ५० महिलाले रोजगारी पाएका कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया