क्वाटी स्वास्थ्यका लागि कति फाइदाजनक ?
काठमाडौं । श्रावण शुक्ल पूर्णिमामाको दिन जनैपूर्णिमा मनाइन्छ । धार्मिक मान्यता अनुसार जनैपूर्णिमामा व्रतबन्ध गरेकाहरुले जनै फेर्ने र क्वाँटी खाने प्रचलन छ । क्वाँटी नौथरी गेडागुडीको मिश्रणबाट बनाइन्छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो क्वाँटी ।
स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसले यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ । क्वाटी खानाले स्वस्थ्य साथै शरीरमासमेत उर्जा प्रदान गर्छ ।
त्यस्तै, यसले शरीरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ । टुसाएका गेडागुडीमा भिटामिन ए, बी,सी, इ तथा खनिज पदार्थ हुदाँ रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुर्याउनुका साथै पाचनशक्तिमा सुधार ल्याउँछ । क्वाटी खानाले स्मरणशक्ति वृद्धि गराउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया