एफबिआईको कार्यालयमा हतियारसहित प्रवेशको प्रयास
एजेन्सी । अमेरिकाको सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई)को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ ।
बिहीबार बिहान हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो । सुरक्षाअधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो ।
घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।
कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेका तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ ।
एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयास, त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन । अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन् । यो घटना पूर्वराष्ट्रपटि डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबिआईले छापा मारेको केही दिनपछि भएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया