पार्टीलाई जानकारी नदिइ कुन्ती र रेखाले ओलीलाई भेटेपछि…
काठमाडौं । महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र तरङ ल्याएको छ । बुधबार ओलीलाई भेट्न कुन्ती र रेखा उनको निवास बालकोट पुगेका थिए । पार्टीलाई जानकारी नदिइ ओलीसँग गरिएको भेटलाई लिएर राप्रपाले असन्तुष्टि जनाएको छ ।
‘उहाँहरूले एमालेका अध्यक्षसँग भेट गरेको कुरा शुक्रबार मिडियामार्फत जानकारी पाएको हो । भेटवार्ताको विषयमा पार्टीलाई कुनै जानकारी छैन’, प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपालवाचसँग भने, ‘ओलीसँगको भेट राजनीतिभन्दा पनि व्यक्तिगत हुनसक्छ । पार्टीले खटाएर गएको होइन । पार्टीलाई जानकारी पनि छैन ।’
यता, अध्यक्ष ओलीको सचिवालयले पनि उनीहरूको भेट नितान्त व्यक्तिगत भएको जनाएको छ ।
‘अध्यक्षज्यूलाई भेट्न उहाँहरू (कुन्ती र रेखा)ले फोन गर्नुभयो । बुधबार उहाँरूले भेट गर्नुभएको हाे,’ सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘भेटवार्तामा व्यक्तिगत कुराकानी भयो । राजनीति कुरा भएको छैन । राष्ट्रियस्तरका नेता भएपछि जोसँग पनि भेटवार्ता हुन्छ । के फरक पर्छ र ?’
निर्वाचनको सम्मुखमा पार्टीलाई जानकारी नदिइ शीर्ष नेतृत्वले भेटवार्ता गरेको विषयलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
पार्टीको महाधिवेशनमा कुन्तीले पूर्वअध्यक्ष कमल थापाको समूहबाट महिलातर्फको महामन्त्री जितेकी हुन् भने रेखाले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पक्षबाट साेही पदकाे चुनाव हारेकी थिइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया