युइएफए वर्ष खेलाडीको मनोनयनमा यी तीन खेलाडी

काठमाडौं । युइएफए वर्ष खेलाडीको मनोनयनमा तीन खेलाडी परेका छन् ।
युरोपियन फुटबल सर्वोच्च निकाय युइएफएले शुक्रबार अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको हो ।
जसमा स्पेनिस क्लब रियल म्याड्रिडका दुई र इंग्लिस क्लब म्यानचेस्टर सिटीका एक खेलाडी परेका छन् । देशको हिसाबले हेर्दा दुईजना बेल्जियम र एकजना फ्रान्सका खेलाडी छन् ।
रियलबाट फरवार्ड करिम बेन्जेमा र गोलकिपर थिबाउट कोर्तवास तथा सिटीबाट मिडफिल्डर केभिन डे ब्रुयने समावेश छन् । कोर्तवास र ब्रयने बेल्जियमका हुन् भने बेन्जेमा फ्रान्सका हुन् ।
बेन्जेमा र कोर्तवासले गत सिजन रियलबाट च्याम्पियन्स लिग र ला लिगा जितेका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।
ब्रुयनेले सिटीबाट प्रिमियर लिग जित्दै लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया