युइएफए वर्ष खेलाडीको मनोनयनमा यी तीन खेलाडी
काठमाडौं । युइएफए वर्ष खेलाडीको मनोनयनमा तीन खेलाडी परेका छन् ।
युरोपियन फुटबल सर्वोच्च निकाय युइएफएले शुक्रबार अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको हो ।
जसमा स्पेनिस क्लब रियल म्याड्रिडका दुई र इंग्लिस क्लब म्यानचेस्टर सिटीका एक खेलाडी परेका छन् । देशको हिसाबले हेर्दा दुईजना बेल्जियम र एकजना फ्रान्सका खेलाडी छन् ।
रियलबाट फरवार्ड करिम बेन्जेमा र गोलकिपर थिबाउट कोर्तवास तथा सिटीबाट मिडफिल्डर केभिन डे ब्रुयने समावेश छन् । कोर्तवास र ब्रयने बेल्जियमका हुन् भने बेन्जेमा फ्रान्सका हुन् ।
बेन्जेमा र कोर्तवासले गत सिजन रियलबाट च्याम्पियन्स लिग र ला लिगा जितेका थिए । बेन्जेमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।
ब्रुयनेले सिटीबाट प्रिमियर लिग जित्दै लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विश्वविजेता फ्रान्सका स्ट्राइकर बेन्जेमाले आफ्नै देशलाई प्रमुख दाबेदार मानेनन्, छाने अर्कै देश
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया