‘भएको सम्पत्ति सरकारीकरण गरिदिएँ, मसँग उपचार गराउने पैसा पनि छैन’ – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गराउने पैसा पनि नभएको बताएका छन् ।
आइतबार राष्ट्रिय युवा सम्मेलनको भेलामा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले आफू र श्रीमती राधा शाक्यको नाममा भएको सबै सम्पत्ति सरकारको नाममा दान दिइसकेको बताए। जसकारण आफू बिरामी हुँदा आवश्यक उपचार खर्च पनि नभएको उनको तर्क छ ।
हाल आफ्नो उपचारका लागि खर्च भइरहेको रकम सांसदबाट आउनेपैसाबाटै जोहो भइरहेको उनको भनाई छ । ‘संसद भएकाले त्यहाँबाट अलिअलि पैसा आउँछ । नभए म र श्रीमतीसँग केही पनि छैन,’ उनले भने, ‘हामीले सबै सम्पत्ति सरकारको नाममा गरिदिएका छौं । सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न या धितो राखेर पैसा निकाल्न मिल्दैन । त्यसकारण अब तपाईहरूले उपचार गराइदिनुभयो भने छुट्टै कुरा, नभए मसँग उपचार गराउन पैसा छैन ।’
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया