हर्क साम्पाङकाे व्यंग्य, ‘काठमाडौंको बिजोक देख्दा श्रमदान गर्न मन लाग्यो’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरू बस्ने काठमाडौं सहरको बिजोक देख्दा आफूलाई श्रमदान गर्न मन लागेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो !’ व्यंग्य गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोक देख्दा श्रमदान गर्न मन लाग्यो !’
मेयर साम्पाङले धरान महानगरका जनतालाई श्रमदान गराइरहेका छन् । उनी आफू पनि गरिरहेका छन् । अहिले उनी काठमाडौंको भ्रमणका क्रममा छन् ।
फलामको पाइप बोकिरहेका मेयर साम्पाङले भने : चोरेर खान पो लाज मान्नु पर्छ त युवा हो !
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया