परदेशी-२ को प्रदर्शन मिति सर्यो, अब फागुनमा
काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र परदेशी-२ को प्रदर्शन मिति सारिएको छ । असोज १४ मा प्रदर्शनमा आउने चलचित्र अब फागुनमै प्रर्दशनमा आउने चलचित्र टिमले जानकारी गराएको छ ।
तोकिएको प्रदर्शन मितिमा अन्य धेरै चलिचत्र लाग्ने भएकाले टिमले फिल्मको प्रदर्शन मिति सारेको हो । उक्त चलचित्रमा गायक प्रकाश सपुतले डेब्यु गरेका छन् । चलचित्रमा अभिनेत्री केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, सुशील पोखरेल, सविन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की, वर्षा शिवाकोटीलगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया