‘लालसिंह चड्डा’को व्यापारमा २० प्रतिशत वृद्धि, फिल्मले ३ दिनमा कमायो २७ करोड
काठमाडौं । भारतिय चलचित्र लालसिंह चड्डाले तेस्रो दिन व्यापारमा २० प्रतिशत वृद्धि गरेको छ । चलचित्रले ३ दिनमै २७ करोडको व्यापार गरेको छ । १८० करोडको बजेटमा निमार्ण भएको चलचित्रले शनिबार करिब ८.७५ करोडको व्यापार गरेको छ । यसअघि चलचित्रल दोस्रो दिन ७.२६ करोड र पहिलो दिन ११.७ करोड संकलन गरेको थियो । चलचित्रलाई रक्षा बन्धनको अवसरमा प्रर्दशन गरिएको थियो ।
चलचित्रमा आमिर र उनकी पूर्वपत्नी किरण रावले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रलाई अद्वेत चन्दनले निर्देशन गरेका हुन् । त्यस्तै यो चलचित्रसँगै प्रदर्शनमा आएको अक्षय कुमारको रक्षा बन्धनले तेस्रो दिन १० प्रतिशतले व्यापार वृद्धि गरेको छ ।
७० करोडको बजेटमा बनेको ‘रक्षा बन्धन’ ले तेस्रो दिन झण्डै ७ करोडको व्यापार गरेको छ । यसअघि फिल्मले दोस्रो दिन ६.४ करोड र पहिलो दिन ८.२ करोड कलेक्सन गरेको थियो । यस अनुसार फिल्मले भारतबाट ३ दिनमा अहिलेसम्म २१.६ करोडको बक्स अफिस कलेक्सन गरेको छ । दुवै चलचित्रको व्यापार अगस्ट १५ अर्थात सोमबार बढ्न सक्ने व्यापार विश्लेषकहरुले अनुमान गरेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया