NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सत्ता गठबन्धनले सरकारलाई भन्यो, ‘काठमाडौंको फोहर उठाउन पहल गर’

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहर उठाउन पहल गर्न आग्रह गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले फोहर व्यवस्थापनसँगै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

गठबन्धनले सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरिहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सँगै रहेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा विभिन्न बाहाना झिकेर स्थानीयले अवरोध गरिरहेका छन् । यसले गर्दा सडकमा फोहर थुप्रिएको छ ।

फोहर बोकेको टिपरले हानेर बाख्रा मर्‍यो, क्षतिपूर्ति माग्दै बाटो बन्द