रुपन्देहीमा गोली प्रहार, एक युवा घाइते
काठमाडौं । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । गएराति करिब ११ बजे गोली चल्दा सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बस्ने ३१ वर्षीय विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।
गुरुङको कम्मरमा गोली लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले बताए । रुपन्देहीको ओमसतिया–४ वसन्तपुरमा सडकमा हिँडिरहेको समयमा गुरुङमाथि गोली प्रहार भएको थियो ।
रोहिणी गाउँपालिका– १ बाइपास रोडको सिद्धार्थ रेष्टुराँमा एक समूहले गररगहना लुटेर भाग्ने क्रममा ओमसतियाको बसन्तपुरमा रहेको वडा कार्यालय अगाडि गुरुङसँग जम्काभेट भएपछि गोली प्रहार भएको प्रहरीको अनुमान छ ।
सो रेष्टुराँमा काउन्टरमा भएको केही नगद र दुई तोला बराबरको सुन लुटिएको छ । प्रहरीले होटल सञ्चालकसहित चार जनालाई लिएर अहिले सोधपुछ गरिहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया