फोहर बोकेर गएका गाडी र सुरक्षाकर्मीलाई सत्तारुढ ३ ठूला दलका कार्यकर्ताले गुलेली हाने
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेर सोमबार गएका बञ्चरेडाँडा गएका गाडी र सुरक्षाकर्मीलाई स्थानीय सत्तारुढ तीन दलका कार्यकर्ताले गुलेली हानेका छन् । फोहर लिएर गएका गाडीलाई अवरोध हुने बुझेर सँगै गएका सुरक्षाककर्मीमाथि गुलेलीसँगै ढुंगा प्रहार भएको हो ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले गरेको अवरोध खुलाउन पुगेको प्रहरी र उनीहरूबी झडप भएको छ । सो क्रममा प्रहरीले ती कार्यकर्तालाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहर झारेको छ । प्रहरीले लखेटेपछि ती मानिसले डाँडामा गएर गुलेली र ढुंगा प्रहार गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार लगातार गुलेली र ढुंगा प्रहारपछि फोहर झार्न रोकिएको छ ।
धादिङको धुनिबेसी नगरपालिकाका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले आइतबार साँझ एक विज्ञप्ति निकाल्दै बञ्चरडाँडामा फोहर फाल्न नदिने बताएका थिए । उनीहरूकै निर्देशनमा सोमबार अवरोध गरिएको बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया