फोहर बोकेर गएका गाडी र सुरक्षाकर्मीलाई सत्तारुढ ३ ठूला दलका कार्यकर्ताले गुलेली हाने
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेर सोमबार गएका बञ्चरेडाँडा गएका गाडी र सुरक्षाकर्मीलाई स्थानीय सत्तारुढ तीन दलका कार्यकर्ताले गुलेली हानेका छन् । फोहर लिएर गएका गाडीलाई अवरोध हुने बुझेर सँगै गएका सुरक्षाककर्मीमाथि गुलेलीसँगै ढुंगा प्रहार भएको हो ।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले गरेको अवरोध खुलाउन पुगेको प्रहरी र उनीहरूबी झडप भएको छ । सो क्रममा प्रहरीले ती कार्यकर्तालाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहर झारेको छ । प्रहरीले लखेटेपछि ती मानिसले डाँडामा गएर गुलेली र ढुंगा प्रहार गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार लगातार गुलेली र ढुंगा प्रहारपछि फोहर झार्न रोकिएको छ ।
धादिङको धुनिबेसी नगरपालिकाका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले आइतबार साँझ एक विज्ञप्ति निकाल्दै बञ्चरडाँडामा फोहर फाल्न नदिने बताएका थिए । उनीहरूकै निर्देशनमा सोमबार अवरोध गरिएको बताइएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया