बाबुरामसँग मिलेर प्रचण्डले ५५ सिट दाबी गर्ने, सहमति अनुमोदन गर्न बोलाए बैठक

काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै निर्वाचन चिन्ह लिने सहमति अनुमोदन गर्न प्रचण्डले पूर्वस्थायी समिति बैठक बोलाएका छन् ।
आइतबार प्रचण्ड र बाबुरामबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिन्हमा उठ्ने सहमति भएको थियो । दुई दलबीच भएको सहमति अनुमोदनका लागि मंगलबार बिहान ८ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार भट्टराईसँग भएको सहमति अनुमोदन गर्नुको साथै उम्मेदवार छनोट प्रक्रिया र मापदण्डबारे छलफल हुनेछ ।
‘माओवादी केन्द्र र भट्टराईजीको पार्टी गोलाकार हसिँया हतौडा चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा भाग लिने सहमति भएको छ’, गजुरेलले भने, ‘एकीकृत समाजवादी, जसपा, राजमोलगायत दलसँग संयन्त्र बनाएर चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’
यसैविषयमा भएको सहमति अनुमोदनका लागि भट्टराईले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । गजुरेलले दुवै पार्टीबाट सहमति अनुमोदन भएपछि सहमतिमा संयुक्त हस्ताक्षर हुने बताए ।
त्यस्तै गठबन्धन दलहरूबीच भागबण्डामा माओवादीले कम्तिमा ५५ सिट दाबी गर्ने भएको छ । गठबन्धन दलहरूबीच संघमा १६५ र प्रदेशमा ३३० प्रत्यक्ष निर्वाचन क्षेत्रमा सिट बाँडफाँटबारे कार्यदलस्तरमा छलफल जारी रहेको छ ।
‘माओवादीले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो । अहिले हामी कम्तिमा ५५ सिट दाबी रहन्छ । सिट बाँडफाँटका लागि गठबन्धन दलहरूबीच मापदण्डबारे छलफल भएको छ । यसका लागि अघिल्लो पटक चुनावमा दलहरूले जितेको सिट र स्थानीय तहमा दलहरू जितेको मतका आधारमा मापदण्ड बनाउनेबारे छलफल जारी छ’, गजुरेलले भने ।
अघिल्लो निर्वाचनमा गठबन्धनले जितेको क्षेत्रमा यथावत राखी एमालेले जितेको क्षेत्रमा भागबण्डा गर्नेगरी छलफल अगाडि बढेको उनले जानकारी दिए । २०७४ को निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्दा माओवादीले ६५ सिट पाएको थियो ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया