NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो, आएन जवाफ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिएको विषयलाई लिएर प्रचण्डलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।

‘प्रचण्डले गाउँपालिका अध्यक्षको चुनाव जित्न उम्मेदवारले १० करोड रुपैयाँ खर्च गरेको भनी सार्वजनिक अभिव्यक्ति दिनुभयने । सो आयोगको जानकारीमा पुगेपछि ती व्यक्तिबारे जानकारी गराउन उहाँलाई आग्रह गरिएको हो,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

प्रचण्डलाई यस्तो आग्रह गरेर केही दिनअघि पत्र पठाइएको उनले जानकारी दिए ।

यद्यपि, प्रचण्डले हालसम्म त्यको जवाफ दिएका छैनन् ।

बाबुरामको अस्थिर राजनीतिक यात्रा : माओवादीदेखि माओवादीसम्म !