NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राप्रपाले दियो गठबन्धन गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न दलसँग गठबन्धन र तालमेलका लागि निर्णय लिने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तालमेलका लागि सबै दलसँगको छलफल खुला गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समितिसमेत गठन गरेको छ ।

हेरौं विज्ञप्ति :

 

कमल थापाले भने, ‘सीमित क्षेत्रमा मात्र चुनावी तालमेल हुन्छ’ (प्रतिवेदनसहित)