वामदेव पनि माओवादीकै चिन्हबाट चुनाव लड्ने
काठमाडौं । लामो समय एमालेको प्रभावशाली नेता रहेका वामदेव गौतम अन्ततः माओवादीको चिन्हबाट चुनाव लड्ने भएका छन् ।
सत्तारूढ दल माओवादी केन्द्रले बाबुराम नेतृत्वको नेसपा र वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो । एमाले अलग भइ नयाँ दल गठन गरेका वामदेवले पनि माओवादीको चुनाव चिन्ह रोजेका हुन् ।
मंगलबार बिहान बसेको पूर्वस्थायी समिति बैठकले आगामी संघीय निर्वाचनमा दुवै दललाई माओवादीको चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार बाबुरामसँग एउटै चुनाव चिन्ह प्रयोग गर्नेबारे सहमति नै भएकाले आजको बैठकले अनुमोदन गरेको छ ।
‘माओवादी र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह प्रयोग गर्ने सहमति स्थायी समिति बैठकले अनुमोदन गर्यो’, उनले भने, ‘एउटै चुनाव चिन्ह प्रयोगबारे वामेदवजीले पनि आग्रह गरेकाले उहाँको पार्टीलाई पनि चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय भयो । माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने वा नगर्ने उहाँको कुरा हो ।’
तत्कालीन नेकपा विघटन भएपछि एमालेबाट अलग भएका गौतम एमाले वा सोही दलबाट चोइटिएको एकीकृत समाजवादीको चुनाव चिन्ह प्रयोग नगरी माओवादी रोज्नुलाई अर्थपूर्ण मानिएको छ । माओवादीकाे चुनाव चिन्ह गाेलाकारभित्र हँसिया हताैडा छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया