माओवादीको चुनाव चिन्हबाट लड्न लागेका वामदेवको आफ्नै चुनाव चिन्ह चाँहि के हो ?
काठमाडौं । जीवनको लामो कालखण्ड एमालेमा गुजारेका वामदेव गौतम माओवादीको चिन्हबाट चुनाव लड्न तयार भएका छन् । नेकपा विघटन र एमाले ब्युतिएदेखिनै एमालेमा वामदेव निष्क्रिय भएका थिए । तर चुनाव लड्न माओवादीको चिन्ह राेजेका हुन् ।
गत १० साउनमा गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) दल निर्वाचन आयोगमा दर्ता गराएका थिए । गौतमको पार्टीले १५ साउनमा आयोगबाट दल दर्ता प्रमाणपत्र र चुनाव चिन्ह पाएका थियो । वर्षौसम्म एमालेको सूर्य चिन्हबाट चुनाव लडेका वामदेवले आफ्नै दल दर्ता गराएपछि गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिन्ह पाएका थिए ।
तर आगामी ४ मंसिरमा हुने निर्वाचनमा वामदेवले आफैंले पाएको चुनाव चिन्हलाई पत्याएनन् । भराेसा गरेनन् । बरु माओवादीको चुनाव चिन्हबाट लड्दा सुरक्षित हुन देखे । माओवादीसँग आग्रह गर्दै उसैको गोलाकारभित्रको हँसिया हतौडाबाट लड्न लागेका हुन् ।
प्रभावशाली छवि बनाएका नेता भएर पनि उनले किन आफ्नै चुनाव चिन्हको भर गरेनन् ? संचारमाध्यमलाई प्रतिक्रिया दिंदै गौतमले आफूहरूको चुनाव चिन्ह लोकप्रिय नभएको, सम्झाउन, बुझाउन समय लाग्ने भएकोले माओवादीको चिन्ह रोजेको बताएका छन् ।
माओवादीमा जान सक्ने सम्भावनालाई उनले तत्काललाई खारेज गरिदिएका छन् । आफ्नै नेकपा एकता राष्ट्रिय अभियानबाटै सक्रिय हुने दाबी उनले गरेका छन् ।
माओवादी नै किन रोजे ?
अघिल्लोपटकको निर्वाचनमा बर्दिया १ बाट वामदेव गौतम पराजित भएका थिए । एमाले र माओवादी मिलेर लड्दा देशैभर सामान्य उम्मेदवार पनि विजयी हुँदा वामदेव गौतम भने पराजित हुन पुगेका थिए । गाैतमले पनि षडयन्त्रले हार्नुपरेकाे बताउने गरेका छन् । कांग्रेसका संजय गौतमसँग वामदेव ७५६ मतले पराजित भएका थिए । यसपटक एमालेविरुद्ध सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका छन् ।
यसैले अन्यत्र र आफ्नै दलबाट चुनाव लड्नुभन्दा गठबन्धन दलसँग मिलेर लड्दा फाइदा हुने बुझाइमा वामदेव पुगेका हुन् । उनले माओवादी अध्यक्ष प्रचण्डसँग विशेष सम्बन्ध र हसियाँ हतौडा कम्युनिष्टको भएको भन्दै चुनाव चिन्ह रोजेको बताएका छन् । तर एक्लै लडेर आफूलाई असुरक्षित गराउनुभन्दा गठबन्धनसँगै भावना मिलाएर कम्तिमा आफ्नो सिट सुरक्षित हुने देखेक हुन् । उनले यसपटक बर्दिया होइन प्युठान रोजेका छन् । तर प्युठानमा राष्ट्रिय जनमोर्चाले दाबी गरेको छ ।
नेकपा विघटन भएर ब्युँतिएदेखि नै एमालेले गौतमलाई गनेको छैन । यसैले पनि उनले एमालेबाट चुनाव लड्न रुचाएनन् । बरु गठबन्धनबाट आफूलाई सहज हुने देखेका हुन् । वामदेव मात्र हाेइन नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई पनि माओवादीकाे गोलाकारभित्रको हँसिया हतौडाबाट चुना लड्न लागेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया