जनतामा एमालेको ठूलो प्रभाव छ : उपाध्यक्ष ज्ञवाली
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् ।
नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको बताए ।
स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले अहिले पनि ठूलो दल भएको दाबी गर्दै उनले भने, “नीति, सिद्धान्त, विचार र पार्टीको सरकारले गरेका कामहरुले एमाले विजयी हुने बलियो आधार छ ।” एमालेलाई सबै दल मिलेर घेराबन्दी गरे पनि उनीहरुको लक्ष्य प्राप्त हुन नसक्ने नेता ज्ञवालीले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया