NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आज पनि फोहरमा अवरोध, बञ्चरेडाँडा हिँडेका गाडी आलेटारमै रोकिए

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा राजनीतिक दलका कार्यकर्ताले आज पनि अवरोध सिर्जना गरेका छन् । अवरोध गरेपछि काठमाडौंबाट फोहर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् ।

गाडी आए हान्ने भन्दै केही कार्यकता ढुंगा बोकेर डाँडामा बसेको एक स्थानीयले बताए ।

सोमबार पनि फोहर लिएर गएका गाडी र सुरक्षाकर्मीलाई दलका कार्यकर्ताले गुलेली तथा ढुंगाले हानेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहरमाथि राजनीति गरिएको भन्दै आपत्ति जनाएका थिए ।

फोहर अवरोधमा प्रतिपक्षी एमाले र राप्रपा पनि मिलेकोमा भावुक हुँदै बालेनले भने : सीमित व्यक्तिका स्वार्थ पूरा गर्न सक्तिन