केएनपी नेरोल्याकले ल्यायो ‘पर्व सँगै रङमा दंग’ चाडपर्व अफर

केएनपी जापान प्राली कान्साई पेन्टसले चाडपर्वलक्षित गरी यसपाली पनि ग्राहककेन्द्रित ‘पर्व सँग रङमा दंग’ भन्ने चाडपर्व अफर लिएर आएको छ ।
विशषगरी गरी चाडपर्व केन्द्रित यो अफर ७५ हजारको खरिदमा मान्य हुने कम्पनीले जनाएको छ । जुन इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ ।
अर्कोतर्फ, यो चाडपर्वमा, ग्राहकहरुले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीलेमाथि उल्लिखित मापदण्ड पूरा गर्ने हरके खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।
त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउनेदाबी गरेको छ भने अन्तिममा ५ लाखको एक जनालाई बम्पर उपहार पनि रहेकोछ । यी दुई उपहारको विजेता लक्की ड्रमार्फत तय गरिनेछ ।
केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।
यो कम्पनी जापानी कम्पनी हुनुका साथ नेपालको अग्रणी पेन्ट ब्रान्डहरु मध्येएकमा पर्दछ ।
प्रतिक्रिया