मेयर साम्पाङले भेटे प्रचण्ड
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
प्रचण्डलाई भेट्न धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा पनि मेयर साम्पाङसँगै खुमलटार गएका हुन् ।

मेयर साम्पाङ अहिले काठमाडौंको भ्रमणमा छन् । उनले मंगलबार नै आविष्कार केन्द्रका अभियन्ता महावीर पुनलाई भेटेका थिए ।
मेयर साम्पाङले आलै एउटा अन्तर्वार्तामा प्रचण्डलाई पनि धरानको श्रम अभियानमा सरिक गराउने बताएका थिए । यसैबीच, आज उनले प्रचण्डलाई भेटेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया