हर्क साम्पाङले राखेको प्रस्तावमा प्रचण्डले भने ‘हुन्छ’
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रमदान गर्न निम्तो दिएका छन् ।
मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा आफूलाई धरानस्थित सर्दू खोलामा श्रमदान गर्न निम्तो दिएको मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
जवाफमा प्रचण्डले ‘हुन्छ’ भनेको साम्पाङको भनाइ छ ।
‘आज प्रचण्डसँग भेट भयो मैले उहाँलाई सर्दू खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ ! उहाँले “हुन्छ“ भन्नु भयो ! हेरौँ कहिले आउनु हुन्छ !,’ उनले फेसबुकमा लेखेका छन् ।
प्रचण्डलाई भेट्न धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा पनि मेयर साम्पाङसँगै खुमलटार गएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया