उत्तर कोरियाले हान्यो दुई क्षेप्यास्त्र
सोल । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ ।
‘बुधबार बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् ।
उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्यास्त्र परीक्षण नगरेको योन्हाप समाचार समितिले जनाएको छ ।
उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धहरू तोड्ने परीक्षणहरू गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया