अमेरिकन आइडलका फाइनलिस्ट दिवेश नेपाल आइपुगे

काठमाडौं । ‘आर्थर गन’ उपनामले चिनिएका अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल नेपाल आइपुगेका छन् । आफ्नो पहिलो नेपाल कन्सर्टका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।
नेपाली मूलका अमेरिकी गायक दिवेशसँगै उनको ब्यान्डका अन्य चारजना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।
बुधबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएपछि दिवेशलाई समर्थकहरूले स्वागत गरेका थिए ।
सो बेला उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । साथै, उनले नेपालको राष्ट्रिय झण्डासमेत आढेका थिए ।
उनले काठमाडौंसहित सात सहरमा कन्सर्ट गर्ने कार्यक्रम छ ।
दिवेश काठमाडौंमा जन्मिएका हुन् । केही वर्षअघि उनी अमेरिका गएका थिए ।
प्रतिक्रिया