अमेरिकन आइडलका फाइनलिस्ट दिवेश नेपाल आइपुगे
काठमाडौं । ‘आर्थर गन’ उपनामले चिनिएका अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल नेपाल आइपुगेका छन् । आफ्नो पहिलो नेपाल कन्सर्टका लागि उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।
नेपाली मूलका अमेरिकी गायक दिवेशसँगै उनको ब्यान्डका अन्य चारजना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।
बुधबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएपछि दिवेशलाई समर्थकहरूले स्वागत गरेका थिए ।
सो बेला उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । साथै, उनले नेपालको राष्ट्रिय झण्डासमेत आढेका थिए ।
उनले काठमाडौंसहित सात सहरमा कन्सर्ट गर्ने कार्यक्रम छ ।
दिवेश काठमाडौंमा जन्मिएका हुन् । केही वर्षअघि उनी अमेरिका गएका थिए ।
ताजा अपडेट
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो


प्रतिक्रिया