माओवादीको दाबी, ‘पदाधिकारी चयन अन्तिम चरणमा’

काठमाडौं । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र)ले अझै पदाधिकारीसहित साङ्गठनिक संरचनाको टुङ्गो लगाउन सकेको छैन ।
पदाधिकारीको चयनका साथै साङ्गठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।
महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गरेको थियो । माओवादीले अर्को बैठकबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण बढेको तथा लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु परेकाले पदाधिकारी चयनलगायतका बाँकी काम पूरा गर्न ढिलाइ भएको माओवादीले जनाएको छ ।
पदाधिकारीसँगै अन्य साङ्गठनिक विषय टुङ्ग्याउन आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले सो विषयलाई अन्तिम चरणमा पु¥याएको नेता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा थप्नुपर्ने केही सदस्यका बारेमा छलफल भएको उनले बताए ।
“सबै विषयमा विस्तृतमा छलफल भयो, करिब करिब टुङ्गोमा पुगेको छौँ, भोलि पदाधिकारी चयनलगायत विषयले अन्तिमरुप पाउँछ”, उनले भने, “भोलि बिहान ८ बजे बस्ने बैठकले पदाधिकारीको टुङ्गो लगाउँछ ।”
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया