बञ्चरेडाँडाको अवरोध हटाउन ३ बुँदे सहमति

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार सहमति भएको छ ।
काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहर फाल्न अवरोध अन्त्य गर्ने ३ बुँदे सहमति भएको हो ।
गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमतिपछि फोहरको अवरोध अन्त्य भएको काठमाडौंका प्रजिअ गोविन्द रिजालले जानकारी दिए ।
फोहर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहर खसाल्न नपाइनेलगायत विषयमा सहमति भएको छ ।
अब बिहीबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको बाटो खुलेको आशा व्यक्त गरिएको प्रजिअ रिजालले बताए ।
प्रचण्डलाई बालेनको प्रश्न : ककनीको बाटो यस्तो बनाउने ठेकेदारको घरमा कुन नैतिकताले बस्नुहुन्छ ?
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया