सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९६ हजार २०० रुपैयाामा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ९५ हजार ४०० रुपैयाँ निधारण गरिएको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ रहेको छ ।
बुधबार चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया