माओवादीले क–कसलाई दिँदैछ उपाध्यक्ष र महासचिवको जिम्मेवारी ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघिबाट बैठक सुरु भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
जारी बैठकमा पदाधिकारीको जिम्मेवारी बाँडफाँटबारे छलफल भइरहेको छ । गत वर्ष सम्पन्न महाधिवेशनमै पदाधिकारी टुंगो लगाउनुपर्ने भए पनि महासचिव, उपाध्यक्षलगायत अझै चयन हुन सकेको छैन ।
महासचिवमा देव गुरुङ लगभग पक्कापक्कीजस्तै भएका छन् । महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्मालाई पन्छाएर प्रचण्डले गुरुङलाई अघि सारेका हुन् ।
गुरुङलाई महासचिवको जिम्मेवारी दिने तयारी अघि बढाइएपछि पुन र शर्मा भने प्रचण्डसँग असन्तुष्ट बनेका छन् । तर उनीहरूलाई उपमहासचिव बनाएर व्यवस्थापन गर्ने तयारी गरिएको छ । माओवादी वृत्तमा चलेको चर्चाअनुसार, गिरिराजमणि पोखरेललाई पनि उपमहासचिवको जिम्मेवारी दिने तयारी छ ।
उपाध्यक्षमा दीनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको चर्चा छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया