तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावल सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९५ हजार कायम गरिएको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा ११ सय ९५ रुपैयाँ निर्धारित भएको थियो ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया