NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भारतमा १५ हजार सात सय भन्दा बढी कोरोना संक्रमित

काठमाडाैं । भारतमा एक दिनमा पन्ध्र हजार सात सय ५४ जना कोरोना भाइरस संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भईसकेका छन् ।
दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ३० जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७ हजार दुई सय ५३ व्यक्तिको मृत्यु भइसकेको छ ।

भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ८५ हजार पाँच सय ३५ जना कोरोनामुक्त भएका छन् । नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब नौ करोड २७ लाख ३२ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।