गरिमा क्यापिटलको सीइओमा निर्मल भट्टराई नियुक्त
काठमाडाैं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।
बैंकको यही श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भट्टराईलाई भदौ १ गतेदेखि लागू हुनेगरी सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । गरिमा क्यापिटलको स्थापनाकाल देखि विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराई यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया