NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

गरिमा क्यापिटलको सीइओमा निर्मल भट्टराई नियुक्त

काठमाडाैं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।

बैंकको यही श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भट्टराईलाई भदौ १ गतेदेखि लागू हुनेगरी सिईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । गरिमा क्यापिटलको स्थापनाकाल देखि विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराई यसअघि कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत थिए ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।