हिन्दू धर्मका चाडपर्वमा शुभकामना दिँदा पनि बाबुरामले किन खान्छन् गाली ?

काठमाडौं । आज कृष्ण जन्माष्टमी । अरु नेताले जस्तै नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि कृष्ण जन्माष्टमीको शुभकामना दिए ।
पूर्वप्रधानमन्त्रीसमेत भट्टराईले शुभकामना दिँदै सामाजिक सञ्जालमा लेखे, ‘हिन्दू धर्मावलम्वीहरूको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !’ तर, उनले ताली होइन गाली खाइरहनु परिरहेको छ ।
कारण, विगतमा भट्टराईको हिन्दू धर्मविरोधी छवि भएकाले उनीविरुद्ध कटाक्ष गरिएको कमेन्टहरू नियाल्दा देख्न सकिन्छ । अधिकांशले भट्टराई ‘पश्चिमा पादरी’को मिसनको मानिस भएको आरोप लगाउँदै अहिले त्यो मिसनमा असफल भएपछि मात्रै उनले हिन्दूहरूको भावना बटुल्न लागिपरेको बताइएका छन् ।
कतिपयले भने चुनाव नजिकिँदै गरेकाले फेरि भोटको राजनीतिका लागि उनले हिन्दूका पर्वमा शुभकामना दिन थालेको आरोप लगाएका छन् ।
‘चुनाव नजिकिएसँगै शब्ददेखि पहिरनसम्म परिवर्तन गर्नु यिनीहरूको असली चरित्र हो,’ दिनेश चापागाईँले भट्टराईको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन् ।
शकुलविक्रम शाहले झनै कडा टिप्पणी गरेका छन् । ‘तिमीहरूजस्ता विदेशीका पाल्तुहरूले हाम्रो धर्म–संस्कृति मासेर खायौ अहिले नाटक नगर,’ उनले लेखेका छन् ।
यस्तै, सानुबाबु थापा मगरले भट्टराईले नेपाली परस्परा र सनातन संस्कृति बिर्सिसकेको शंका गरेका छन् । ‘नेपाली परम्परा र सनातन रितिरिवाजको पनि सम्झाना छ र डाक्टर साब ?’ उनले प्रश्न गरेका छन् ।
भट्टराईको स्टाटसमा सकारात्मक टिप्पणी गर्ने एकदमै थोरैमात्र छन् ।
बाबुराम बाहिरिएपछि जसपामा व्यापक हेरफेर, कसलाई के जिम्मेवारी ?
प्रतिक्रिया