सिद्धान्त र विचार मिल्नेसँग मात्रै एमालेले गठबन्धन गर्छ : रायमाझी
चितवन । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जित्ने स्वार्थका लागि मात्रै एमालेले गठबन्धन नगर्ने बताए ।
नेपाली कांग्रेस बाहेकका दलहरु पटकपटक एमालेसँग आएर गठबन्धन गर्न इच्छा जाहेर गरेको भन्दै उनले भने, “लक्ष्य, उद्देश्य र विचारको राजनीतिलाई छोडेर अराजनीतिक तवरको गठबन्धन भयो भने त्यसले मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन सक्दैन ।”
दलहरु स्वार्थ केन्द्रित गठबन्धन गर्न एमालेसँग आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई एमालेले स्वीकार नगरेको बताए ।
एमालेले देशलाई विकास र समृद्धिको माध्यमबाट समाजवादतर्फ लैजान खोजेको रायमाझीको भनाइ थियो । उनले भने, “वैचारिक र राजनीतिक रुपमा देशको समृद्धिका लागि समाजवादमा पुग्ने एजेन्डा एमालेसँग छ । त्यो एजेन्डा मिल्नेसँग सहकार्य गठबन्धन हुन्छ ।”
लक्ष्य बिनाको चुनावी गठबन्धन एमालेले नगर्ने उनले बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया