मानहानी मुद्दामा भारतका मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ
राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ।
अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा दायर गरेका थिए जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो ।
अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट ९एसीएमएम० विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टहरूबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए ।
मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको भने निधन भैसकेको छ । उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए। सो मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया