गिरीको आजै अन्त्येष्टि

काठमाडौं । शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आजै अन्त्यष्टि गरिने भएको छ ।
उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा निधन भएका समाजवादी चिन्तक, पूर्वकेन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।
प्रतिक्रिया