बालेनले गरे हर्कलाई कूटनीतिक सम्बोधन : फोहर व्यवस्थापनमा देखाएको चासो सह्रानीय छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहर व्यवस्थापनमा सहयोग गर्ने र चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।
शनिबार २८७ वटा फोहरका गाडी बञ्चरेडाँडा पुगेको जानकारी दिँदै उनल यसमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।
मेयर शाहले अब काठमाडौंलाई स्वच्छ र सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ । यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईँहरूको साथ, चासो, अपनत्व र खबरदारी लागि हामी आभारी छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
केही दिनयता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फोहर व्यवस्थापन गर्न नसकेको भन्दै शाहको आलोचना गर्दै आएका छन् । साम्पाङले धेरै नै गिज्याउन थालेपछि शाहले पनि एकपटक जवाफ फर्काएका थिए ।
मेयर शाहले फेसबुक स्टाटसमार्फत कूटनीतिक पारामा साम्पाङलाई पनि सम्बोधन गर्न खोजेका छन् । तर, नाम भने लिएका छैनन् ।
यता, साम्पाङले पनि शाहलाई गाली नभएर सुझाव दिएको बताउँदै आएका छन् ।
बालेन र हर्कबारे गिरीको टिप्पणी : लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ ?
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया