बालेन र हर्कबारे गिरीको टिप्पणी : लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ ?
काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीचको वाकयुद्धबारे टिप्पणी गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
एउटै चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र रुपमा जितेका दुईजना एकअर्काविरुद्ध उत्रिन नहुने उनको आसय देखिन्छ ।
‘लठ्ठी टेक्ने हो ! आपत पर्दा बजाउने पनि हो । लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’ गिरीले फेसबुकमा प्रश्न गरेका छन् ।
काठमाडौं फोहर व्यवस्थापनलाई लिएर पछिल्लो समय शाहविरुद्ध साम्पाङ खनिइरहेका छन् । धेरैपटक आफूविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेपछि शाहले पनि प्रतिक्रिया दिएका थिए ।
आफू काठमाडौं गएपछि फोहर उठ्न थालेको भन्ने साम्पाङको भनाइलाई जवाफ दिँदै शाहले ‘मैले चुनाव पनि तपाईँकै चुनाव चिन्ह लौरो लिएर जितेको हो नि !’ भन्दै व्यंग्य गरेका थिए । त्यसपछि शाहविरुद्ध साम्पाङ लगातार खनिइरहेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया